2 years ago
March 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) –दाबेदार त्रिभुवन आर्मी क्लब आठौं आरबीबी एनभीए भलिबल च्यामिपयनसिपको पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वाटरफाइनल बिहीबार खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै आर्मी सेमिफाइनल पुगेको हो ।
आर्मीले अब सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरलाई ३–१ ले हराएको हो ।
आर्मीले सुदूरपश्चिमलाई २५–१९, २२–२५, २५–२३, २५–१७ ले हरायो । पहिलो सेटमा आर्मीले सहज जित हात पारेको थियो । दोस्रो सेटमा सुदूरपश्चिमले सुरुवात देखि नै आर्मीलाई दबाबमा राखेको थियो । ३ अंकले पछि परेको आर्मीले १९–१९ बराबरी गरेको थियो ।
त्यसपछि भने सुदूरले २५–२२ मा रोक्दै सेट जित्दै १–१ को बराबरी गरेको थियो । तेस्रो सेटमा आर्मीले सुरुवातमा ७–२ को अग्रता लिएको थियो । तर सुदूरले उत्कृष्ट पूनरागमन गरेपछि १०–१० बराबरी गरेको थियो । त्यसपछि सेटमा कडा प्रतिस्पर्धा भएको थियो । २३–२३ को अवस्थाबाट आर्मीले लगातार दुई अंक जोड्दै सेट जित्दै २–१ ले अघि बढेको थियो ।
चौथो सेटमा भने आर्मीले सहज जितका साथ ३–१ ले खेल जितेको थियो । शुक्रबार पहिलो सेमिफाइनल खेल टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि पुलिसले कोशी प्रदेशलाई ३–० ले हराउँदै अन्तिम चारमा पुगेको हो ।
च्याम्पियनसिपको छैटौं दिन एकपक्षिय क्वार्टरफाइनलमा पुलिसले कोशीलाई २५–१३,२५–१६,२५–१३ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो ।
त्यसअघि एभरेष्ट भलिबल क्लब र पुलिस क्लब महिलातर्फको फाइनलमा पुगेका थिए । चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले पुलिससँगको भेट पक्का गरेको हो ।
राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्टले न्यु डायमण्डलाई २५–२०,२५–१२, २५–१८ हराएको हो । एपिएफलाई हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको न्यु डायमण्डले एभरेष्टविरुद्ध भने कुनै पनि समय खेलमा प्रभाव जमाउन सकेन ।
अर्को सेमिफाइनलमा एपिएफलाई हराउँदै साविक पुलिस अन्तिम दुईमा पुगेको थियो । पहिलो सेमिफाइनलमा ३–१ को जितका साथ पुलिस उपाधि रक्षाको नजिक पुगेको हो । पुलिसले एपिएफलाई २७–२५,२५–२२,२५–१७ ले हराएको थियो । समूह चरणमा पुलिस र एभरेष्ट एकै समूहमा थिए । त्यसमा विजयी हुँदै पुलिस समूह विजेता र एभरेष्ट समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । न्यु डायमण्ड र आर्मीबीच शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]