default_image

2 years ago

March 22, 2024

पुलिसलाई‌ हराउँदै आर्मी फाइनलमा

9166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

आर्मीले अर्को‌ विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ ले हराउँदै फाइनल पुगेको हो। आर्मी १८-२५, २५-२३, २४-२६, २५-१३ र १५-१३ ले विजयी भएको हो।

त्यसअघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल लगातार उपाधि नजिक पुगेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाललाई कडा चुनौती पेश गरेपनि गण्डकीको यात्रा सेमिफाइनलमा रोकिन पुग्यो ।

हेल्प नेपालले पहिलो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहँदा हेल्प नेपालले २७–२५ ले बाजी मार्यो । २४–२१ ले अघि रहँदा गण्डकीले लगातार ३ अंक बटुल्दै खेललाई २४–२४ को बराबरीमा ल्याए । तर, त्यसपछि गण्डकीले एक अंक बटुल्दा हेल्प नेपालले म्याच प्वइन्ट लिदै खेललाई आफ्नो पक्षमा ढल्काए ।

तेस्रो सेटको सुरुवात प्रतिस्पर्धात्मक रहेपनि १२–१२ को बराबरीबाट गण्डकीको प्रदर्शन राम्रो हुन सकेन । गण्डकी निरिह बन्दा हेल्प नेपालले २५–१९ को सहज जित निकाल्दै अन्तिम दुईमा पुग्न सफल भयो ।

२१–१७ को स्थितिमा टोलीका महत्वपूर्ण पाकिस्तानी स्पाइकर उस्मान फरयाद अलीले चोट बोक्न पुग्दा हेल्प नेपाल दवावमा आएपनि फखर उद्धिनले टोलीको जित सुनिश्चित गरे । गण्डकीविरुद्ध सानदार प्रदर्शन गरेका हेल्प नेपालका उस्मान फरयाद अली केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

स्पाइकर सरस्वती चौधरी केल्मी प्लेयर अफ दि म्याच भएको खेलमा चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिमलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । एपिएफले डायमण्डमाथि २५–२२, २३–२५, २५–१४ र २५–२१ को सेटमा जित निकाल्यो ।

महिलातर्फको उपाधिका लागि शनिबार विभागीय पुलिस र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । एभरेस्टले राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय खेलाडीलाई टोलीमा समेटेको छ ।

महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भएर अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।

पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.