2 years ago
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८ औं एनएनआइपिए स्पोर्टस अवार्ड २०७९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
गत वर्ष सुष्मालेे एसियन युथ बक्सिङमा रजत पदक जितेकी थिइन्। दीपकले एसियन क्रसकन्ट्रीमा एकल र टिममा स्वर्ण पदक जितेका थिए।
शंखमुल पुल नजिकको यल दरबारमा सोमबार भएको अवार्डमा स्विमिङकी डुवाना लामा र राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल प्रतिभावान खेलाडीबाट सम्मानित भएका छन्।
एनएनआइपीएलले गतवर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेलका समान एक खेलाडी उत्कृष्ट खेलाडी घोषित भए। सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट घोषित उनीहरुले जनही १० हजार प्राप्त गरे ।
उत्कृष्टहरुमध्ये बाट सर्वोत्कृष्ट र प्रतिभावान खेलाडी घोषित भएका हुन्। सर्वोत्कृष्टले जनही १ लाख र प्रतिभावानले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।
टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवंम नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भए ।
अढाई दशक भन्दा लामो समय देखि खेल पत्रकारितामा संलग्न खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाल एनएनआइपिए खेलकुद पत्रकारबाट सम्मानित भए । बज्राचार्य र फुयालले समान ३५ हजार रुपैयाँ प्राप्त गरे।
भारोत्तोलनका दुर्गामान तामाङ पारा खेलाडी चुनिए । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एनएनआइपिए अध्यक्ष दीपक श्रेष्ठलगायत सम्मानित गरेका थिए।
एनएनआइपीए स्पोर्ट्स अवार्ड २०७९
सर्वोत्कृष्ट खेलाडी , १ लाख
महिला- सुष्मा तामाङ (बक्सिङ)
पुरुष- दीपक अधिकारी (एथलेटिक्स)
प्रतिभाशाली खेलाडी , ५० हजार
महिला – डुवाना लामा (स्विमिङ)
पुरुष- रोहित पौडेल (क्रिकेट)
दुर्गामान तामाङ – पारा खेलाडी (भारोत्तोलन )
गजराज आर्दश खेल व्यक्तित्व – धर्ममान बज्राचार्य (टेबल टेनिस), ३५ हजार
एनएनआइपिए खेलकुद पत्रकार अवार्ड – अजय फुयाल (खेलाडी डटकम), ३५ हजार
एनएनआइपीए स्पोर्ट्स अवार्ड २०७९
उत्कृष्ट खेलाडी
खेल-खेलाडी
आर्चरी – प्रसाद आचार्य,
एथलेटिक्स – दिपक अधिकारी
ब्याडमिन्टन- प्रिन्स दाहाल,
बास्केटबल – अनुसा मल्ल
बडिविल्डिङ- असिम बाबु गुरुङ
बक्सिङ – सुष्मा तामाङ
चेस- रुपेश जैसवाल
क्रिकेट – रोहित पौडेल
साइक्लिङ- सुरुज राना मगर
फेन्सि – शिक्षा नापित
फुटबल -किरण चेम्जोङ
फुल कन्ट्रयाक्ट कराते- सन्देश मानन्धर
गल्फ – सुवास तामाङ
जिम्न्यास्टिक- राजु राई
ह्यान्डबल -शान्तीकला राई
हक्की – महेश धानी
आइटीएफ तेक्वान्दो – रुविका खड्का
जुडो -देवकी माया श्रेष्ठ,
कबड्डीकी – अनुजा कुलुङ राई
कराते- विजय श्रेष्ठ
खोखो- सरस्वती कठायत,
लन टेनिस- सलोनी तामाङ
प्याराग्लाइडिङ- रिता श्रेष्ठ थापा,
रग्बी – निरज कार्की
सेपाकताक्रो- उषा महर्जन
सुटिङ- सुजन रानामगर
सफ्ट टेनिस- युकेश योञ्जन
स्क्वासका अमृत थापा मगर
स्वीमिङ – डुवाना लामा
टेबल टेनिस- स्यान्टु श्रेष्ठ
तेक्वान्दो- काजल श्रेष्ठ
ट्रयाथलन- सेरवी महर्जन
भलिबल- रविन चन्द
भारोत्तोलन- जुनमाया छन्तयाल
रेस्लिङ -सुरेश चुनारा
उसु – सनम गुर्सी
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]