2 years ago
April 10, 2024
गोरखा (हाम्रो खेलकुद)– तीन वटा पालिका प्रथम गोखरा अन्तरपालिका स्तरीय महिला र पुरुष दुवैतर्फको सेमिफाइनलमा पुगेको छ ।
गोरखा जिल्ला भलिबल संघले आयोजना प्रतियोगितामा सहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिका र बारपा सुलिकोट गाउँपालिका दुवैतर्फको सेमिफाइनलमा पुगेका छन् । महिलातर्फ सेमिफाइनल पुग्ने अर्को टोलीमा पालुङटार नगरपालिका छ । अजिरकोट गाउँपालिका पुरुषतर्फ सेमिफाइनल पुग्ने अर्को पालिका हो ।
महिलातर्फ सहिद लखन (८ अंक) समूह एको विजेता र भिमसेन थापा (६ अंक) उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । त्यस्तै समूह बीबाट बारपाक सुलिकोट (९अंक) र विजेता र पालुङटार (५ अंक) उपविजेता रुपमा अन्तिम चारमा पुगेको छ । महिलाको सेमिफाइनलमा सहिद लखन र पालुङटार तथा बारपाक र भिमसेन थापाबीच हुनेछ ।

पुरुषतर्फ समूह समूह एबाट सहिद लखन (१२ अंक) विजेता र बारपाक (९ अंक) उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बीबाट भिमसेन थापा (१० अंक) विजेता र अजिकोट गाउँपालिका (९अंक) उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलमा सहिद लखन र अजिरकोट तथा भिमसेन र वारपाकबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ १० र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]