2 years ago
April 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ ।
१४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट खेलेका सलिना बुढामगर, जेनिशा विश्वकर्मा र रेविका तामाङ बढी उमेरका खेलाडीलाई आरोप शर्माले लगाएको भन्दै न्यु डायमण्डले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै शर्माको भत्र्सना गरेको छ ।
न्यु डायमण्डले रोल्पाकी सलिना २०६३ कात्तिक ८ गते, जेनिशा २०६४ असोज २५ गते र रेविका २०६६ असोज १६ गते जन्मेको दाबी गर्दै उनीहरु न्यु डायमण्ड एकेडेमीमा अध्ययन गरिरहेको जनाएको छ । राष्ट्रपति रनिङ शिल्डमा १८ वर्षका छात्र छात्राले मात्र भाग लिन पाउने प्रावधान थियो । न्यु डायमण्डले सलिना र रेविका कक्षा ९ र जेनिशा कक्षा १० मा अध्ययन गर्ने तयारीमा रहेको समेत उल्लेख गरेको छ ।
बागमती र गण्डकी प्रदेश टोलीबीच बिहीबार छात्रा भलिबलको फाइनलमा शर्माले खेलाडीको मनोबल गिराउने व्यवहार गरेको पनि न्यु डायमण्डको आरोप छ । राष्ट्रपति कप खेल्न स्थानिय तहवाट सम्पूर्ण प्रकृया पुरा गरि खेल्न पाउने व्यवस्था हुँदा त्यस्तो व्यहार घोर भत्र्सना योग्य रहेको भन्दै न्यु डायमण्डले कारवाहीको माग गरेको हो ।
गण्डकीका सदस्य सचिव शर्माले खेलाडीको उमेरमा शंका लागेर प्रोटेस्ट गरेको बताएका छन् । बागमतीबाट खेलेको खेलाडी उमेरको कैफियत छ भन्ने लाग्यो । हामीले छलफल गरेर नियमसंगत प्रोटेस्ट गरेका हों, शर्माले भने, खेलाडीहरु सबै हिसाबले सहि हुनुहोला । तर शंकै गर्न नपाइने भन्ने हुुँदैन । हामीले त्यहि गरेका हौं । यसमा क्लब बोल्नुपर्ने अर्थ छैन । सम्बन्धित विद्यालय, जिल्ला वा प्रदेश खेलकुदले बोल्नसक्छन् । गण्डकीलाई हराउँदै बागमती च्याम्पियन बनेको थियो ।

December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]