default_image

2 years ago

May 24, 2024

खेलकुद पत्रकार मञ्चको साधारण सभा सम्पन्न

426 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको जजनाए । पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने सुझाव दिए । उनले थपे, ‘पत्रकारिताको आयाम फेरिरहेको छ । यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी छ ।’

होटल क्राउन प्लाजामा भएको उद्घाटन सत्रमा राखेपका पूर्व सदस्य सचिव तथा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरु उत्पादन हुनु जरुरी रहेको बताए । उनले एकै जना खेलाडीले लामो समय कब्जा जमाउनु भनेको खेलकुदको विकास नहुनुको सुचक रहेको जनाए ।

त्यस्तै नेपाल पौडी संघका नवनिर्वाचित अध्यक्ष जगतमान श्रेष्ठले भने, ‘खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकीरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्छ ।’

बन्द सत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को कोंग्रेस नेपालमा आयोजना गर्ने विषयको प्रस्ताव राखे । त्यसलाई सभाले स्वागत गरेको थियो । बन्द सत्रमा महासचिव प्रज्वल ओलीले पेश गरेको साँगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.