default_image

1 year ago

August 23, 2024

पेरिस ओलम्पिक्स खेलेकालाई एनओएको स्वागत

393 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्स खेलेका खेलाडीलाई‌ नेपाल ओलम्पियन संघ (एनओए) ले शुक्रवार स्वागत गरेको‌ छ।

एनओएका अध्यक्ष दीपक बिष्टसहित केन्द्रिय समितिका पदाधिकारी र सदस्यले उनीहरूलाई स्वागत गरेका थिए। नेपाली‌ ओलम्पियन एनओएको स्वत:सदस्य हुनेछन्। पेरिस ओलम्पिक्समा नेपालका ७ खेलाडीले भाग लिएका थिए।

छनोट चरण पार गरेका टेबलटेनिस स्यान्टु श्रेष्ठसहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल तथा पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिक्स खेलेका थिए।

देशबाहिर रहेका स्यान्टु र एलेक्जेन्डरबाहेक सबैको स्वागत कार्यक्रममा उपस्थिति थियो। सन्तोषीले देशको प्रतिनिधित्व गर्दै ओलम्पिक परिवार सदस्य बन्दा गर्व लागेको सुनाइन् ।

एनओएका अध्यक्ष बिष्टले ओलम्पिक परिवारमा स्वागत गर्दै भविष्यमा समाजप्रतिको आफ्नो दायित्व पूरा गर्नुपर्ने जोड दिए। नयाँ ओलम्पियनको ओएलवाईको प्रमाणपत्रका लागि प्रक्रिया अघि बढाइने पनि बिष्टले जानकारी दिए।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.