11 months ago
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ।
न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धरलाई क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको हो।

रिमा ५ वर्ष भन्दा बढी र अलिशा २ वर्ष भन्दा बढी न्यु डायमण्डबाट खेलिन् । रिमाले राष्ट्रिय महिला भलिबल टोलीबाट तथा अलिशाले नेपाली यु २० बाट खेलिसकेकी छिन्।
क्लबका पदाधिकारी र खेलाडीबिचमा भएको बिदाइमा रिमा भावुक भइन् । उनले आफ्नो घर जस्तो क्लबलाई व्यवसायिक जीवनलाई अघि बढाउन लाई छाड्न परेकोमा नरमाइलो लागेको बताइन् ।

क्लबका अध्यक्ष एवम् मुख्य प्रशिक्षक कुमार राईले आफूले तयार पारेका खेलाडीलाई बिदाइ गर्न सहज नभएपनि उनीहरुको भविष्यका लागि खुसी लागेको बताए । उनले दुवै खेलाडीको सुखद भविष्यको कामना गरे । क्लबले दुवै खेलाडीलाई जनही ५ हजार र प्रशंसा पत्र प्रदान गरेको थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]