default_image

7 months ago

May 3, 2025

देवश्रीलाई गल्फ उपाधि

391 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- देवश्री रानाले ज्ञान मेमोरियल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छन्।

रोयल नेपाल गल्फ क्लबमा आज भएको प्रतियोगितामा
देवश्रीले ४४ अंक बनाउँदै उपाधि जितिन्। उपाधिसँगै उनले ‘मोस्ट बर्डी’ को पुरस्कार पनि हात पारिन्। उनले कुल तीन बर्डी प्रहार गरेकी थिइन्।

३९ अंकसहित राष्ट्रिय टोलीकी खेलाडी सम्झना खत्री दोस्रो भइन्। उनले ‘लङ्गेस्ट ड्राइभ’ को उपाधि पनि जितिन्।‌

सिनियरतर्फ देवी पुलामी मगरले २९ अंकसहित उपाधि जितिन्। जेन थोम्पसन २६ अंकसहित दोस्रो भइन्।
प्रतियोगिताको सुपर सिनियरमा पवित्र याक्थुम्बा १३ अंकसहित पहिलो भइन्। पुष्पा राई १० अंकसहित दोस्रो स्थानमा रहिन्।

क्याडीतर्फ २८ अंकसहित पार्वती सुवेदी विजेता बनिन्। २७ अंक बनाएकी गीता तामाङ दोस्रो भइन्। सन्ध्या राईले ‘क्लोजेस्ट टु द पिन’ र जेन थोम्पसनले ‘स्ट्रेटे ड्राइभ’ को ट्रफी हात पारे।

यू–१८ तर्फ सुशान्त कडेलले ३८ अंकसहित उपाधि जिते। समान ३८ अंक जोडेका सिद्धान्त सापकोटा काउन्ट ब्याकका दोस्रो भए। यू–१८ गल्समा अवानी राई ३१ अंकसहित च्याम्पियन बनिन्। यश्वी श्रेष्ठ दोस्रो भइन्।

यस्तै यू–१६ तर्फ पोखराका दिप्सन लामा ४५ अंक जोडेर पहिलो भए। अभिरल रावल ४३ अंकसहित दोस्रो स्थानमा रहे।

यू–१० तर्फ १८ अंक जोडेका देव जलान पहिलो भए। यू–१० गल्सको उपाधि श्रीषा कडेल जितिन्। उनले १३ बनाएकी थिइन्।

पूर्व आइजिपी तथा कूटनीतिज्ञ जीबी याकतुम्बाको सम्झनामा आयोजना गरिएको प्रतियोगितामा १ सय खेलाडीको सहभागीता रहेको थियो।

विजयी खेलाडीलाई ज्ञानोदय बाल बाटिका स्कुलकी संस्थापक प्रिन्सिपल इन्दिरा याकतुम्बा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, आरएनजिसी कप्तान मिथुन राई तथा आरएनजिसी महिला कप्तान अर्शिया बनुले पुरस्कार वितरण गरे ।

सोही अवसरमा वरिष्ठ खेलकुद पत्रकार श्याम चित्रकार, द‌ हिमालयन टाइम्सका खेलकुद ब्युरो प्रमुख महेश आचार्य र हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठलाई सम्मान गरिएको थियो।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.