4 months ago
July 28, 2025
सुमन अधिकारी, बुटवल
लुम्बिनी प्रदेशमा सरकार गठन भएको एक बर्षपछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।
वर्तमान सरकार गठन भएको १ बर्ष ५ दिन पूरा भएपछि साउन १२ गते युवा तथा खेलकुद मन्त्रीमा सन्तोषकुमार पाण्डे नियुक्त भएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्ष अगाडि सरकार गठन हुँदा आफैले राखेको सो मन्त्रालयमा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डे नियुक्त गरेका हुन् ।
पाण्डेले सोमवार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
लामो समयसम्म प्रदेशमा खेलकुद मन्त्री नहुदा अघिल्लो सरकारले विघटन गरेका प्रदेशका १२ वटै जिल्लामा जिल्ला खेलकुद विकास समिति गठन हुन सकेका छैन ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]