4 months ago
August 4, 2025
यो वर्ष, हाम्रो खेलकुद डटकमले आफ्नो यात्रा सुरु गरेको एक दशक पूरा गरेको छ ।
नेपाली खेलकुद पत्रकारितामा समर्पित एउटा अनलाइन मिडिया भनेर हामीले थालनी गर्दा, डिजिटल माध्यममा खेलकुदका कुरा लेख्ने, पढ्ने, हेर्ने, सुन्ने र विश्वास गर्ने बानी नेपाली समाजमा विकसित हुँदै थियो। आज, हामी यहाँ छौं- हजारौं समाचार, फोटो तथा भिडियो सामग्रीहरु, दर्जनौं प्रतियोगिताको प्रत्यक्ष प्रसारण र लाखौं पाठक र दर्शकको साथमा ।
सामाजिक सन्जाल फेसबुकमा ११ लाख भन्दा बढी, युट्युबमा ४ लाख ५० हजार भन्दा बढी तथा अन्य प्ल्याटफर्ममा गरि लाखौं दर्शक र पाठकको बीचमा एकै साथ पुग्न सक्ने भएका छौं । यो हाम्रा लागि अमुल्य सम्पत्ति हुन् ।
तर यो केवल उपलब्धिको कथा होइन । हाम्रो मूल धर्म निष्पक्षता र व्यावसायिकता हो । यो यात्रामा, हामीले यसलाई नै मार्गदर्शक बनाएका छौं । स्रोत पुष्टि नगरी समाचार नलेख्ने, विज्ञापनको दबाबमा सम्पादन नचलाउने र मुख्यत खेलाडी, प्रशिक्षक, संघ, र दर्शकप्रति निष्पक्ष दृष्टिकोण राख्ने हाम्रो अभ्यास रह्यो ।
यद्यपि, डिजिटल पत्रकारिताको विश्वसनीयतालाई अझैपनि नेपाली बजारले सहज रुपमा स्वीकार गर्न सकेको छैन । ठूलो लगानीकर्ताले खेलकुद मिडियालाई केवल ‘मनोरञ्जन सामग्री’का रुपमा हेर्ने सोच बदलिएको छैन । अझै पनि धेरै विज्ञापनदाताहरू पारदर्शिता भन्दा पहुँच र सम्बन्धलाई प्राथमिकता दिने गर्छन् । तर पनि हाम्रो प्रयास निरन्तर छ र जारी रहनेछ ।
हामी बुझ्छौं—विश्वास एकैदिनमा कमाइँदैन । तर १० वर्षको हाम्रो प्रयास यही विश्वास निर्माणको यात्राको एक गहिरो पाइलो हो ।
आज, हामी फेरि प्रतिबद्ध हुन्छौं—निष्पक्षता नबिर्सने, नयाँ प्रविधिसँग कदम मिलाउने, सम्पूर्ण खेल विधालाई समेट्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने पत्रकारिता गर्ने ।
यो यात्रामा हामीसँग रहने हरेक पाठक, खेलाडी, प्रशिक्षक, प्रशंसक र विज्ञापनदाता – सबैलाई धन्यवाद । तपाईंहरूको साथ र सुझावले हामीलाई अझ सशक्त र उत्तरदायी बनाएको छ ।
यो वर्षदेखि हाम्रो खेलकुदले आफ्नै स्टुडियोबाट विभिन्न सामाग्रीहरु दर्शकमाझ पस्कनेछ । नेपाली भाषामा खेल र त्यसका विविध पक्षबारे गरिने छलफल, बहस र विश्लेषणलाई अझ जोड दिनेछौं । हाम्रो खेलकुदले पछिल्लो दुई वर्षदेखि निरन्तर पस्कदै आएको हाम्रो खेलकास्टलाई थप परिस्कृत गर्न कटिबद्ध छौं ।
यसपटक वार्षिकोत्सव कार्यक्रममा विगतको संस्करणजस्तै वर्षका उत्कृष्ट महिला तथा पुरुष खेलाडी पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छौं । यसपटकदेखि नेपाली खेलकुदमा उठान गर्नुपर्ने विषयमा विमर्श गर्न खेल जगतका व्यक्तित्व सामेल गरेर ‘हाम्रो खेलकुद कन्क्लेभ’ पनि आयोजना गर्दैछौं ।
र अन्त्यमा ११ औं वर्षमा प्रवेश गर्दै गर्दा हामी भन्छौं – ‘हाम्रो खेल, हाम्रो जिम्मेवारी, हाम्रो आवाज निरन्तर चलिरहनेछ।’
प्रकाश तिमल्सिना
सम्पादक

December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]