default_image

4 months ago

August 4, 2025

एक दशक, एउटै विश्वास – नेपाली खेलकुदका लागि सधैं ‘हाम्रो खेलकुद’

785 views

0 Bookmark

यो वर्ष, हाम्रो खेलकुद डटकमले आफ्नो यात्रा सुरु गरेको एक दशक पूरा गरेको छ ।

नेपाली खेलकुद पत्रकारितामा समर्पित एउटा अनलाइन मिडिया भनेर हामीले थालनी गर्दा, डिजिटल माध्यममा खेलकुदका कुरा लेख्ने, पढ्ने, हेर्ने, सुन्ने र विश्वास गर्ने बानी नेपाली समाजमा विकसित हुँदै थियो। आज, हामी यहाँ छौं-  हजारौं समाचार, फोटो तथा भिडियो सामग्रीहरु, दर्जनौं प्रतियोगिताको प्रत्यक्ष प्रसारण र लाखौं पाठक र दर्शकको साथमा ।

सामाजिक सन्जाल फेसबुकमा ११ लाख भन्दा बढी, युट्युबमा ४ लाख ५० हजार भन्दा बढी तथा अन्य प्ल्याटफर्ममा गरि लाखौं दर्शक र पाठकको बीचमा एकै साथ पुग्न सक्ने भएका छौं । यो हाम्रा लागि अमुल्य सम्पत्ति हुन् ।

तर यो केवल उपलब्धिको कथा होइन । हाम्रो मूल धर्म निष्पक्षता र व्यावसायिकता हो । यो यात्रामा, हामीले यसलाई नै मार्गदर्शक बनाएका छौं । स्रोत पुष्टि नगरी समाचार नलेख्ने, विज्ञापनको दबाबमा सम्पादन नचलाउने र मुख्यत खेलाडी, प्रशिक्षक, संघ, र दर्शकप्रति निष्पक्ष दृष्टिकोण राख्ने हाम्रो अभ्यास रह्यो ।

यद्यपि, डिजिटल पत्रकारिताको विश्वसनीयतालाई अझैपनि नेपाली बजारले सहज रुपमा स्वीकार गर्न सकेको छैन । ठूलो लगानीकर्ताले खेलकुद मिडियालाई केवल ‘मनोरञ्जन सामग्री’का रुपमा हेर्ने सोच बदलिएको छैन । अझै पनि धेरै विज्ञापनदाताहरू पारदर्शिता भन्दा पहुँच र सम्बन्धलाई प्राथमिकता दिने गर्छन् । तर पनि हाम्रो  प्रयास निरन्तर छ र जारी रहनेछ ।

हामी बुझ्छौं—विश्वास एकैदिनमा कमाइँदैन । तर १० वर्षको हाम्रो प्रयास यही विश्वास निर्माणको यात्राको एक गहिरो पाइलो हो ।

आज, हामी फेरि प्रतिबद्ध हुन्छौं—निष्पक्षता नबिर्सने, नयाँ प्रविधिसँग कदम मिलाउने, सम्पूर्ण खेल विधालाई समेट्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने पत्रकारिता गर्ने ।

यो यात्रामा हामीसँग रहने हरेक पाठक, खेलाडी, प्रशिक्षक, प्रशंसक र विज्ञापनदाता – सबैलाई धन्यवाद । तपाईंहरूको साथ र सुझावले हामीलाई अझ सशक्त र उत्तरदायी बनाएको छ ।

यो वर्षदेखि हाम्रो खेलकुदले आफ्नै स्टुडियोबाट विभिन्न सामाग्रीहरु दर्शकमाझ पस्कनेछ । नेपाली भाषामा खेल र त्यसका विविध पक्षबारे गरिने छलफल, बहस र विश्लेषणलाई अझ जोड दिनेछौं । हाम्रो खेलकुदले पछिल्लो दुई वर्षदेखि निरन्तर पस्कदै आएको हाम्रो खेलकास्टलाई थप परिस्कृत गर्न कटिबद्ध छौं ।

यसपटक वार्षिकोत्सव कार्यक्रममा विगतको संस्करणजस्तै वर्षका उत्कृष्ट महिला तथा पुरुष खेलाडी पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छौं । यसपटकदेखि नेपाली खेलकुदमा उठान गर्नुपर्ने विषयमा विमर्श गर्न खेल जगतका व्यक्तित्व सामेल गरेर ‘हाम्रो खेलकुद कन्क्लेभ’ पनि आयोजना गर्दैछौं ।

र अन्त्यमा ११ औं वर्षमा प्रवेश गर्दै गर्दा हामी भन्छौं – ‘हाम्रो खेल, हाम्रो जिम्मेवारी, हाम्रो आवाज निरन्तर चलिरहनेछ।’

प्रकाश तिमल्सिना
सम्पादक

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.