9 years ago
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका लागि खेल पोशाक निर्माता कम्पनी एडिडासको आधिकारिक विक्रेता रुट्स फेशन प्रा.लि.ले कर्णाली स्पोर्टस क्लबलाई बार्षिक २ लाख रुपैयाँ बराबरीको सहयोग गर्ने भएको छ । रुट्सले आफ्नो रिफ्रेस योर गियर नामक योजना यो बर्षपनि पुनः सञ्चालन गर्ने जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुट्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले सहयोगको घोषणा गरेका हुन् ।

कीर्तिमानी धावक हरिबहादुर रोकाया (बायाँ) र रुट्स फेसन प्रालिका प्रबन्ध निर्देशक सञ्जिव तुलाधार शुक्रबार पत्रकार सम्मेलनमा ।
रिफ्रेस योर गियर योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डका लगाउन योग्य पुरानो जुत्ताको सट्टा एडिडास ब्रान्डको जुत्ता खरिद गर्दा २ देखि ३ हजार रुपैयाँ सम्म छुट पाउने भएका छन् । शनिबारबाट सुरु हुने उक्त योजना एक महिना सम्म चल्ने बताइएको छ । रुट्सले छुटका लागि तीनवटा श्रेणी विभाजन गरेको छ । ७ हजार सम्मको जुत्ताका लागि २ हजार, ११ हजार सम्मको लागि २ हजार ५ र त्यो भन्दा माथिको मुल्यका लागि ३ हजार रुपैयाँ छुट दिने जनाइएको छ ।
रिफ्रेस योर गियर योजना अन्तर्गत संकलित पुराना तथा लगाउन मिल्ने जुत्ता पनि रुट्स फेसनले कर्णाली स्पोर्टस क्लबलाई हस्तान्तरण गर्ने प्रबन्ध निर्देशक तुलाधरले बताए । क्लबमा प्रशिक्षण गरिरहेका ३२ खेलाडीलाई हाइअल्टिच्युटका कीर्तिमानी धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिइरहेका छन् ।
सामाजिक दायित्व अन्तर्गत कर्णालीजस्तो विकट क्षेत्रका खेलाडीलाई सहयोग गर्न लागेको प्रबन्ध निर्देशक तुलाधरले बताए । ‘एक्जेन्ज अफरमा संकलित हुनेमध्येका काम लाग्ने जुत्ताहरुका साथै हामी क्लबलाई हरेक बर्ष दुई लाख बराबरीको खेल सामग्री सहयोग गर्नेछौं ’ उनले भने, ‘यसले कर्णालीको खेलकुद विकासमा थोरै भएपनि टेवा पुग्ने विश्वास छ । ’
रुट्स फेसनलाई धन्यवाद दिदै रोकायाले भने, ‘कतिपय खेलाडीले कमजोर आर्थिक अवस्थाका कारण खाली खुट्टा खेल्नु परेको छ । काठमाडौं वा अन्य ठाँउमा प्रतियोगिता खेल्न जाँदा अरु खेलाडीको जुत्ता देख्दा हाम्रा खेलाडीको मनोबल कमजोर हुने गरेको छ । यो सहयोग हाम्रा खेलाडकिा लागि राहत नै हो, यसले खेलाडीको मनोबल उठाउने काम गर्दछ । खेलाडीबाहेक अन्य विपन्नलाई पनि हामी यहाँबाट पाउने जुत्ता वितरण गर्नेछौं ।’
यसअघि यस्ता योजनाबाट रुट्सले कर्णाली ग्रामिण प्रवद्र्धन तथा सामाजिक विकास पार्क, माइती नेपाल र न्यानो संसारमार्फत सहयोग गरेको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]