9 years ago
April 4, 2017
पोखरा (हाम्रो खेलकुद)– संयुक्त राष्ट्र संघ तथा अन्तराष्ट्रिय ओलोम्पिक कमिटी (आइओसी) द्वारा विश्व भर अप्रिल ६ तारिखका दिन आयोजना गरिने शान्ती र विकासका लागि खेलकुद कार्यक्रम अन्र्तगत पोखरामा समेत यसको आयोजना गरिने भएको छ । भुतपूर्व खेलाडी मंच नेपालको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा अप्रिल ६ (चैत २४ गते) ‘शान्ती र सम्बृद्धीका लागि खेलकुद’ विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको हो । प्रतियेगितालाई नेपाल ओलोम्पिक कमिटी (एनओसी)ले सहयोग रहने बताइएको छ ।
प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मंचका प्रथम उपाध्यक्ष एवम कार्यक्रमका संयोजक तेज गुरुङले कक्षा १० सम्म अध्ययन गरिरहेका र २०७३ सालको एस.इ.इ परिक्षा दिएर बसेका विद्यार्थीहरु लाई समेत प्रतियोगितामा समावेश गराइने बताए । गुरुङका अनुसार विद्यार्थीहरुको उत्कृष्ट निबन्धलाई संयुक्त राष्ट्र संघको वेभसाइटमा समेत समावेश गरिनेछ ।
सरकारी, प्यावसन र एन प्यावसनमा अध्ययनरत करिव १ सय जना विद्यार्थीहरुको सहभगिता रहने निबन्ध प्रतियोगितामा विद्यार्थीहरुलाई उक्त विषयको निबन्ध मार्फत खेलकुदको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने गुरुङले विश्वास व्यक्त गरे । प्रतियोगितामा एक विद्यालय बाट ५ जना विद्यार्थी मध्ये कम्तिमा एक जना छात्रा अनिवार्य सहभागिता गर्नु पर्ने छ ।
प्रतियेगिताको विजेताले ७ हजार, दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले ३ हजार तथजा ५ जनाले सान्त्वना पुरस्कार स्वरुप १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेतालाई एनओसीको लोगो अंकित मेडल र प्रमाणपत्र तथा सहभागीहरु एनओसीको लोगो अंकित प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।
मंचका अध्यक्ष खड्ग रानाभाटको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कसमस कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, मंचका महासचिव हरी प्रसाद पराजुलीले अप्रिल ६ को उपदेयता र महत्वका बारेमा बोलेका थिए ।
खेलकुदको माध्यम बाट विश्वमा शान्ती कायम गर्न सन २०१४ बाट संयुक्त राष्ट्र संघले आइओसीसंग मिलेर अप्रिल ६ मा विशेष कार्यक्रम गर्दै आएको छ । पोखरामा भुतपूर्व खेलाडी मंचले सन २०१४ बाट नै विविध कार्यक्रम गर्दै आएको अध्यक्ष रानाभाटले बताए । प्रतियोगिता सञ्चालना झन्डै ६० हजार रुपैयाँ खर्च हुने अनुमान छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]