8 years ago
May 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा स्पोर्टस् क्लाइम्बिङ प्रतियोगिता बुधबार हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसिएसए) र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबार (एक दिने) क्लाइम्बिङ प्रतियोगिता हुने जानकबारी गराएको हो ।
धुम्वाराहीस्थित पासाङ ल्हामु स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगितामा लिड क्लाइम्बिङ र टप रोप गरी दुई विधा समावेश गरिएको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा दुवै विधामा महिला र पुरुष गरि कुल ६० खेलाडीले सहभागिता जनाउने छन् । लिड क्लाइम्बिङमा २५ र टप रोपमा ३५ खेलाडीले प्रतिस्पर्धा गर्ने एनसिएसएका महासचिव मेघराज पौडेलले पत्रकार सम्मेलनबाट जानकारी गराए । आयोजकले यसपटक नेपालको पहिलो महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको २५ औं बर्षको अवसरमा मनाईने ‘२५ औं पासाङ प्रतिष्ठा रजत दिवस’ को सन्दर्भ पारेर प्रतियोगिता गर्न लागेको समेत जनाएको छ ।
लिड क्लाइम्बिङको महिला र पुरुष दुवैतर्फका विजेताले जनही १५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै दोस्रोले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । टप रोलका विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छैन ।
एनसिएसए र पासाङ ल्हामु प्रतिष्ठानले तीन बर्षअघि भूकम्पमा ज्यान गुमाएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा दोस्रो बर्ष यो प्रतियोगिता आयोजना गर्न लागेको हो । गोरखापत्र दैनिकमा आबद्द सुमनको गत बिस २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पमा निधन भएको थियो ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]