default_image

8 years ago

May 2, 2018

लिड क्लाइम्विङमा पेम्वा र स्वस्तिका च्याम्पियन

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेम्वा शेर्पा र स्वस्तिका चौधरी स्वर्गीय खेल पत्रकार सुमन भोम्जन स्मृति स्पोर्टस् क्लाइम्बिङ प्रतियोगिता अन्र्तगतको लिड क्लाइम्विङमा च्याम्पियन बनेको छ ।

Rock climbing

धुम्वाराहीस्थित पासाङल्हामु स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा बुधबार भएको स्पर्धामा पेम्वा पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बनेको हो । पेम्वाले लिड क्लाइमिवङको २० होलको दुरी ३ मिनेट ३२.१६ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बने । भीम तामाङले १५ होल ३ मिनेट ४.८१ सेकेण्डमा पुरा गर्दै दोस्रो भए । विजय सुनारले १४ होल २ मिनेट ४४.०३ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । महिलातर्फ च्याम्पियन बनेकी स्वस्तिकाले पुरै होल ५ मिनेट ८.७५ सेकेण्डमा पुरा गरिन् । बेनिशा राजबहाकले २० होल ४ मिनेट १०.४१ सेकेण्डमा पुरा गर्दै दोस्रो हुँदा तेस्रो भएकी बिमला सुनारले ११ होल २ मिनेट ५.९४ सेकेण्डमा पुरा गरिन् ।

यस्तै टप रोपको पुरुषतर्फ सिदार्थ केसी पहिलो, अुप मल्ल दोस्रो र युवराज शाही तस्रो भए । महिलातर्फ अनिशा जिरेल पहिलो भइन् । जुही थापामगर दोस्रो तथा अनिता खत्री तेस्रो भईन् । लिड रोपका महिला र पुरुष दुवै विजेताले समान १५ हजार प्राप्त गरे । दोस्रो भएकाले समान १० हजार र तेस्रो भएको महिला र पुरुष दुवै खेलाडीले समान ५ हजार पाए । टप रोपको विजेताहरुलाई पुरस्कारको व्यवस्था थिएन ।

लिड क्लाइम्विङ र टप रोपको दुवै विधामा महिला र पुरुष गरि कुल ६० खेलाडीले सहभागिता रहेको थियो जसमध्ये । लिड क्लाइम्बिङमा २५ र टप रोपमा ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानका अध्यक्ष कृपासुर शेर्पाले पुरस्कृत गरे ।

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसिएसए) र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालको पहिलो महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ‘२५ औं पासाङ प्रतिष्ठा रजत दिवस’ को सन्दर्भ पारेर प्रतियोगिता आयोजना गरेको हो ।

तीन बर्षअघि भूकम्पमा परी ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा दोस्रो बर्ष यो प्रतियोगिता आयोजना भएको हो । गोरखापत्र दैनिकमा आबद्द सुमनको २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पमा निधन भएको थियो ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.