8 years ago
May 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७४’ का लागि नेपाल खेलकुद पत्रकार मञ्चले ब्रोडकाष्ट पार्टनर एभिन्युज टेलिभिजन र खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टस्सँग सम्झौता नविकरण गरेको छ ।
मञ्चले आगामी जेठ ३ गते काठमाडौंमा हुने अवार्डका लागि शुक्रबार एक कार्यक्रमका बीच एभिन्युज टेलिभिजनसँग अफिसियल ब्रोडकास्टर र साहससँग सह–प्रायोजन सम्झौता नविकरण गरेको हो ।
ब्रोडकास्टरको लागि मञ्चका अध्यक्ष महेश आचार्य र एभिन्युज टेलिभजिन नेटवर्कका सिइओ समृद्धि राजकर्णिकारले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि एभिन्युजले जेठ ३ गते हुने स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण गर्नेछ ।
यस्तै सह प्रायोजनका लागि मञ्चका अध्यक्ष आचार्य र साहस स्पोर्टस्का प्रवन्ध निर्देशक जनक न्यौपानले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै खेल पोशाक उत्पादन गर्ने कम्पनि साहासले अवार्डका लागि आवश्यक खेल पोशाक र अवार्ड विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गर्ने छन् ।
गतवर्ष झै मञ्चले यसवर्ष पनि पिपल्स च्वाइस अवार्डसहित ८ विधामा अवार्ड प्रदान गरिने छ । पिपुल्स च्वाइस अवार्डको लागि मञ्चले ५ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा क्रिकेटर सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मान बहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन् ।
पिपल्स च्वाइससहित यो पटक वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खेलाडीलाई सम्मानित गरिने छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको मुख्य प्रायोजनमा हुने अवार्ड अन्तर्गत वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा वर्षका उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै अन्य विधाका विजेताले समान ५०–५० हजारसहित गिफ्ट ह्याम्पर पाउनेछन् ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]