7 years ago
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जनता बैंकले नेपाली खेलकुदको अर्को अवार्डका लागि प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आयोजना हरेक वर्ष आयोजना गर्ने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला र पुरुष टोली पुरस्कारका लागि प्रायोजन गरेको छ । संघले अर्को साता एनभिए अवार्ड आयोजना गर्दैछ ।

जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हरेक वर्ष बैंकले संघलाई २ लाख रुपैयाँ उपलब्ध गराउनेछ संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
संघ र बैंकबीच अवार्डका लागि ५ वर्ष प्रायोजन गर्ने सम्झौता भएको छ ।
जनता बैंकले यसअघि गत महिना नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको वर्षको उत्कृष्ट खेलाडी पुरस्कार अन्तर्गत वर्षका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि प्रायोजन गरेको थियो ।

जनता बैकका नायब प्रमुख कार्यकारी मिश्रले नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीको हौसला बढाउनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गरेको संघका महासचिव चन्दले बताए ।
महासचिव चन्दले संघका तर्फबाट बैंकलाई धन्यवाद दिदै आउने दिनमा अन्य काममा पनि सहकार्य हुनेमा विश्वास व्यक्त गरे ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]