7 years ago
January 17, 2019
पोखरा (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल एपिएफ र नेपाल पुलिस तथा प्रदेश ३ र गण्डकी प्रदेश दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

एपिएफले पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २५–१५,२५–१९ र २५–१६ को सोझो सेटमा हरायो । अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३,२५–६ र २५–१७ को सोझो सेटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । एपिएफ र गण्डकी प्रदेशबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।
प्रदेश ३ ले प्रदेश १ लाई २५–३,२५–१४ र २५–१० को सोझो सेटमा हरायो । अर्को खेलमा पुलिसले प्रदेश २ लाई २५–१४,२५–१४ र २५–१२ को सेटमा पराजित गरेको छ । अब सेमिफाइनलमा पुलिस र प्रदेश ३ बीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा संचालन भइरहेको प्रतियोगितामा विजेताले ३ लाख ५० हजार , दोश्रो टोलीले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेश्रोले १ लाख र चौथोले सान्त्वना स्वरुप ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका अन्य उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिब्रो, वेष्ट प्रशिक्षकले समान ५ हजार रुपैयाँ पराजित गर्नेछन् ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]