default_image

7 years ago

January 19, 2019

रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल-आर्मी र सेवको विजयी सुरुवात

129 views

0 Bookmark


काठमाडौं(हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) ले शनिबारबाट शुरु भएको १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले श्री गाँउ खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । आर्मीले दाङमाथि २५–१८, २५–८ र २५–१६ को सहज जित निकाल्यो ।

शनिबारै भएको अर्काे खेलमा सेवले थाहा नगरपालिका मकवानपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात ग¥यो । सेवले थाहा नगरपालिकामाथि २५–१७, २५–११ र २५–१५ को सहज जित निकाल्यो ।

अर्काे खेलमा थाहा नगरपालिका मकवानपुरले आयोजक ढोरपाटन क्लबलाई २५–१६, २५–१२ र २७–२५ को सोझो सेटमा पारजित गर्दै मिश्रित नतिजा निकाल्यो । मकवानपुर पहिलो खेलमा सेवसँग पराजित भएको थियो ।

डबल लिगको आधामा हुने प्रतियोगिता अन्तरगत आइतबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा दाङ र मकवानपुर, दोस्रो खेलमा ढोरपाटन र सेव, तेस्रो खेलमा आर्मी र मकवानपुर तथा चौथो खेलमा दाङ र ढोरपाटनबीच खेल हुनेछ । प्रतियोगिता ५ माघबाट १९ माघसम्म चल्नेछ ।

एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखरा, त्रिभुवन आर्मी क्लब, चितवन टाइगर्स, श्री गाँउ खेलकुद बिकास समिति दाङ, सेव स्कुल, थाहा नगरपालिका मकवानपुर र आयोजक ढोरपाटनको सहभागिता रहनेछ । दोस्रो चरणमा ७ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्रप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगितामा ५० लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितालाई रेडबुलले मुख्य प्रायोजन तथा भिजी अटोमोवाइलको सुजुकीले गरेको छ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.