7 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– श्रीगाँउ खेलकुद विकास समितिले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आइतबार दोहोरो जित निकालेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा श्रीगाँउ दाङले थाहा नगरपालिका मकवानपुर र ढोरपाटन क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । पहिलो दिन दाङ त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
पहिलो खेलमा दाङले थाहा नगरपालिकामाथि ३–० को सहज जित निकाल्यो । दाङले थाहा नगरपालिकामाथि २५–४, २५–९ र २५–९ को सहज जित निकाल्यो । दोस्रो खेलमा दाङले आयोजक ढोरपाटनमाथि २५–१०, २५–९ र २५–६ को सहज जित निकाल्यो । दोहोरो जितसँगै दाङले लिगमा ६ अंक जोडेको छ ।
आइतबारै भएको अर्को खेलमा आर्मीले थाहा नगरपालिकामाथि २५–७, २५–९ र २५–१२ को सहज जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । आर्मीको दुई खेलबाट ६ अंक रहेको छ ।
सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) ले आयोजक ढोरपटनलाई २५–१६, २५–२० र २५–२१ को जित निकाल्दै लगातार दोस्रो जित निकाल्न सफल भयो । अराजित रहेको सेवको पनि ६ अंक नै रहेको छ । ढोरपाटनले अंकको खाता खोल्न नसक्दा मकवानपुरले एक खेलमा जित निकाल्दै ३ अंक जोड्न सफल भएको छ ।
डबल लिगको आधामा हुने प्रतियोगिता अन्तरगत सोमबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा दाङ र सेव, दोस्रो खेलमा आर्मी र ढोरपाटन, तेस्रो खेलमा एपीएफ र दाङ र चौथो खेलमा पुलिस र सेवबीच खेल हुनेछ । प्रतियोगिता ५ माघबाट १९ माघसम्म चल्नेछ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]