7 years ago
January 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ । साविकको विजेता नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो ।

एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अंक भएपनि पुलिस हेड टु हेडमा एपीएफसँग पछि परेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपीएफले पहिलो सेट २५–२० ले सहजै आफ्नो पक्षमा पारेको थियो ।
तर, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपीएफले पुलिसलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्दा ३३–३१ को कठिन जित निकाल्यो । तेस्रो सेट भने एपीएफले सहजै २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । यससँगै पहिलो राउन्डको खेल सकिन लाग्दा एपीएफ लिगमा अपराजित रहने एक्लो टोली बनेको छ ।
सोमबारै भएको अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान बलियो बनाएको छ । आर्मीले पश्चिमाञ्चलमाथि २५–१२, २५–१५ र २५–२१ को सहज जित निकाल्यो ।
आर्मीसँग पराजित भएको पश्चिमाञ्चलले चितवन टाइगर्समाथि २५–२२, २५–५ र २५–१५ को जित निकाल्दै चौथो स्थानमा उक्लन सफल भयो । पश्चिमाञ्चलले ७ खेलबाट १३ अंक जोड्यो ।
निकै रोमाञ्चक बनेको खेलमा चितवन टाइगर्सले श्रीगाँउ दाङमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।
चिवनले सुरुवाती दुई सेट गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । चितवन सुरुवाती दुई सेटमा १७–२५ र २१–२५ ले पछि परेको थियो । तर, त्यसपछिको तीन सेट चितवनले २५–२२, २५–५ र १७–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगिता अन्तरगत मंगलबार पहिलो चरणको एक खेलसँगै पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो राउण्डको अन्तिम खेलमा एपीएफ र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि आर्मी र सेव, पुलिस र चितवन टाइगर्स पश्चिमाञ्चल र श्रीगाँउ तथा एपीएफ र चितवन टाइगर्सबीच खेल हुनेछ ।
सेव ११ अंकसहित पाँचौ, श्रीगाँउ १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । चितवन ८ अंक जोडेर सातौ थानमा रहँदै दोस्रो राउन्डमा प्रवेश गर्न सफल भयो । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् । प्रतियोगिता ५ माघबाट १९ माघसम्म चल्नेछ ।
अंक तालिका
१. एपीएफ (२१) ७ खेल
२. पुलिस (२१) ८ खेल
३. आर्मी (१८) ८ खेल
४. पश्चिमाञ्चल (१३) ७ खेल
५. सेव (११) ८ खेल
६.श्रीगाँउ (१०) ८ खेल
७. चितवन टाइगर्स (८) ८ खेल
८. थाहा (३) ८ खेल
९. ढोरपाटन (०) ८ खेल
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]