default_image

7 years ago

January 29, 2019

एपिएफ शीर्षस्थानमा यथावत

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शीर्षस्थानमा यथावत रहेका छन् ।

पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ शीर्षस्थानमा यथावत रहन सफल भएको हो । एपिएफ ले पुलिसमाथि २५–१७, २५–१८ र २५–२१ को सहज जित निकाल्यो ।

एक खेल बढी खेलेको पुलिससँग अंक बराबरी रहेपनि हेड टु हेडमा एपिएफ अघि रहेको हो । अपराजित रहेको एपिएफको ८ खेलबाट २४ अंक पुगेको छ । एपिएफसँग पराजित पुलिसको ९ खेलबाट २४ अंक रहेको छ । मंगलबारै पुलिसले चितवन टाइगर्समाथि २५–६, २५–२१ र २५–१३ को जित निकाल्यो ।

अर्काे खेलमा आर्मीले सामाखुशी इंग्लिल बोर्डिङ स्कुल (सेव) माथि २५–,२२, २५–२१ र २५–१० को सहज जित निकाल्यो । अर्काे खेलमा पश्चिमालले श्रीगाँउ खेलकुद विकास समिति दाङमाथि ३–० को सहज जित निकाल्यो । पश्चिमाञ्चलले श्रीगाँउमाथि २५–१३, २५–१४ र २५–९ को सहज जित आत्मसात ग¥यो । वर्षाका कारण मंगलबारको लागि तय भएको एपीएफ र चितवन टाइगर्सबीचको अन्तिम खेल हुन सकेन ।

दोस्रो राउन्ड सुरु हुदा एपीएप २४ अंकसहति शीर्ष स्थानमा, पुलिस २४ अंकसहति दोस्रो तथा आर्मी २१ अंकसहित तेस्रो स्थानमा छ । १६ अंक जोडेर पश्चिमाञ्चल चौथो, ११ अंकसहित सेव पाँचौ, १० अंकसहति श्रीगाँउ छैटौ र ८ अंक जोडेर चितवन सातौ स्थानमा रहेको छ । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् । प्रतियोगिता ५ माघबाट १९ माघसम्म चल्नेछ ।

लिग अन्तरगत बुधबार पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा एपीएफ र चिवन, दोस्रो खेलमा पुलिस र सेव, तेस्रो खेलमा आर्मी र चितवन टाइगर्स, चौथो खेलमा एपीएफ र श्रीगाँउ र अन्तिम खेलमा पश्चिमा१चल र चितवनबीच खेल हुनेछ ।

अंक तालिका
१. एपिएफ (२४) ८ खेल
२. पुलिस (२४) ९ खेल
३. आर्मी (२१) ९ खेल
४. पश्चिमाञ्चल (१६) ९ खेल
५. सेव (११) ९ खेल
६.श्रीगाँउ (१०) ९ खेल
७. चितवन टाइगर्स (८) ९ खेल

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.