7 years ago
March 22, 2019
नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसल सर्भिस दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शुक्रबार भएको सेमिफाइनलमा आयोजक दुप्चेश्वरले पञ्चकन्यालाई ३–० को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–१९ ले जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–१९ र २५–१८ ले सहजै आफ्नो बनायो ।
अर्काे सेमिफाइनलमा सोसल युथ क्लबले कालिका युवा क्लबलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा दुप्चेश्वरसँगको भेट पक्का ग¥यो । प्रतिस्पर्धात्मक बनेको खेलमा सोसलले पहिलो सेट २५–२२, २५–२२ र २५–२३ ले हात पारेको थियो ।
फाइनल र तेस्रो स्थानको खेल शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार पुरस्कार पाउनेछन् ।
यस्तै उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, डिफेन्डर र सर्भरले जनही ३–३ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]