7 years ago
April 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इटालियन क्लब एसी मिलान फुटबल क्लबको दोस्रो संस्करणको जुनियर क्याम्प भोलि (आइतबार) देखि सुरु हुने भएको छ ।

एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको जुनियर क्याम्प आइतबार २४ चैतबाट ३० चैतसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि शुुरु हुने क्याम्पमा ७ देखि १७ वर्षमुनिका एकसय खेलाडीलाई प्रशिक्षण दिईने क्याम्पका संयोजक थम्मन भुसालले जानकारी दिए । क्याम्पमा इटालियन क्लब एसी मिलानबाट ४ प्रशिक्षकहरु नेपाल आएका छन् ।
इटालीबाट पावलो कार्लि, एन्ड्रे निकोली, सिमोन बोनिनी, ग्याब्रियल मराक्को छन् । यी चार जना विदेशी प्रशिक्षकलाई नेपालका १० जना प्रशिक्षकले सहयोग गर्नेछन् । क्याम्पमा सहभागी मध्ये एक जना उत्कृष्ट खेलाडीले एसी मिलान क्लबमा विशेष प्रशिक्षणको मौका पाउने क्याम्पका संयोजक थम्मन भुसालले जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]