default_image

5 years ago

April 7, 2019

जुनियर क्याम्प शुरु

काठमाडौं (हाम्रो खेलकुद) – एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको एसी मिलान जुनियर क्याम्प आइतबारदेखि ललितपुरमा शुरु भएको छ । इटालियन क्लब एसी मिलानको जुनियर क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा सुरु भएको हो । ६ दिनसम्म चल्ने क्याम्पको पहिलो दिन उद्घाटन सत्रका कारण खेलाडीहरुले सामान्य अभ्यास मात्रै गरे । […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको एसी मिलान जुनियर क्याम्प आइतबारदेखि ललितपुरमा शुरु भएको छ ।

इटालियन क्लब एसी मिलानको जुनियर क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा सुरु भएको हो । ६ दिनसम्म चल्ने क्याम्पको पहिलो दिन उद्घाटन सत्रका कारण खेलाडीहरुले सामान्य अभ्यास मात्रै गरे । जुनियर क्याम्पमा ७ देखि १७ वर्षमुनिका करिव ८० खेलाडीहरुको सहभागिता रहेको छ ।

चैत २९ गतेसम्म संचालन हुने क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ४ प्रशिक्षकहरु पावलो कार्लि, एन्ड्रे निकोली, सिमोन बोनिनी, ग्याब्रियल मराक्कोले प्रशिक्षण दिनेछन् । यी चार जना विदेशी प्रशिक्षकलाई नेपालका १० जना प्रशिक्षकले सहयोग गर्नेछन् । क्याम्पमा सहभागी मध्ये एक जना उत्कृष्ट खेलाडीले एसी मिलान क्लबमा विशेष प्रशिक्षणको मौका पाउने क्याम्पका संयोजक थम्मन भुसालले जानकारी गराए ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

Success

Thank you for your time.