default_image

7 years ago

April 8, 2019

एशिया कप ट्रयाथलन पोखरामा

129 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – एशिया कपसहित दक्षिण एशियन ट्राइयाथलन च्याम्पियनशिप पोखरामा आयोजना हुने भएको छ ।

नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रयाथलन च्याम्यिनशिपलाई अन्तर्राष्ट्रिय ट्राईयाथलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए ।

अप्रिल २७ अर्थात २०७६ बैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामा आयोजना हुनेछ । यसमा दुई वटा इभेन्टहरुहरु संचालन हुनेछन । दक्षिण एशियन ट्राइयाथलन च्याम्पियनशिप भने सातौंपटक हो । एशिया कपका लागि एशियाबाट मात्रै नभई विश्वभरिका ट्रयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुदबाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने छ ।

प्रतियोगितामा ट्रयाथलन, डुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हरु हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्रयाथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्विमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने डुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २-२ जना महिला र २÷२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.