5 years ago
April 8, 2019
ललितपुर (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब एनआइविएल फ्रेन्डस् क्लबको आयोजनामा फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिता भोलि (मंगलबार) देखि आयोजना हुने भएको छ । क्लबले ग्रासरुट फुटबलको सहयोगार्थ फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिता २६ चैतबाट ३० चैतसम्म आयोजना गर्न लागेको हो । प्रतियोगिता बागमती फुटबल मैदान बागमती पुलनजिक कुपोन्डोलमा आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न १४ […]
ललितपुर (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब एनआइविएल फ्रेन्डस् क्लबको आयोजनामा फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिता भोलि (मंगलबार) देखि आयोजना हुने भएको छ ।
क्लबले ग्रासरुट फुटबलको सहयोगार्थ फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिता २६ चैतबाट ३० चैतसम्म आयोजना गर्न लागेको हो । प्रतियोगिता बागमती फुटबल मैदान बागमती पुलनजिक कुपोन्डोलमा आयोजना हुनेछ ।
प्रतियोगितामा विभिन्न १४ भेट्रान्स टोलीको सहभागिता रहेको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल ३० चैतमा हुनेछ ।
April 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]
April 26, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु जिल्लाका […]
April 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]