default_image

7 years ago

April 10, 2019

काठमाडौ र आइफसी क्वाटरफाइनलमा

124 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौ स्पोर्ट्स सोसाइटी र आइएफसि सानेपाले फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रासरुट फुटबल बिकासको लागि सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले फ्रिडम एफसी नखिपोटलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । निर्धारित ५० मिनेटमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

बागमती नदी किनारमा भएको अर्काे खेलमा आइएफसी सानेपाले आयोजक फ्रेन्डस क्लब कोपुण्डोललाई २–१ ले पराजित गर्यो । तेस्रो खेलमा बौद्ध टुसाल भेट्रान्सले ललितपुर महानगरपालिका वडा न. १ लाई १–० ले हरायो । यस्तौ चौथो खेलमा बानेश्वर युनाइटेड फूटबल क्लबले जाउलाखेल युथ क्लबलाई १–० ले हरायो । अभिषेख चर्च, रजहर नवलपुरले नव उदय क्लब ज्वागाल कोपुण्डोललाइ २–१ ले पराजित गर्यो ।

प्रतियोगितामा बिहीबार काठमाडौ स्पोर्ट्स सोसाइटी र बौद्ध टुसाल भेट्रानबीच पहिलो क्वाटरफाइनलखेल हुनेछ । यस्तै आइएफसि सानेपा र बानेश्वर युनाइटेड अभिषेख चर्च रजहर नवलपुर र बगरभाइ खलक पोखरा बीच तथा मदन भण्डारि स्पोर्ट्स फाउन्डेसन चाबहिल र इन्द्रेणी एकीकृत बिकास केन्द्र, पोखराबीच अर्काे क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.