default_image

7 years ago

April 11, 2019

ह्वीलचेयर ‘एसिया कप’ क्रिकेट वैशाख तेस्रो साता

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट संघ नेपालको आयोजनामा विश्वको पहिलो ह्वीलचेयर क्रिकेटको ‘एसिया कप’ टी–२० क्रिकेट प्रतियोगिता बैशाख तेस्रो साता नेपालमा आयोजना हुने भएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहकार्यमा पहिलो एसिया कप टी–२० क्रिकेट प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ कलेजको खेल मैदानमा सञ्चालन हुने संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

एसिया कपमा आयोजक नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको सहभागिता रहनेछ । संघले गतवर्ष ह्वीलचेयर क्रिकेटको इतिहासमै पहिलोपल्ट नेपाल, भारत र बंगलादेशबीच त्रिकोणीय सिरिजको सफलतापुर्वक आयोजना गरेको थियो । जसमा नेपाल नै च्याम्पियन बनेको थियो । त्यसै आधारमा अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट काउन्सिलले नेपाललाई एसिया कप आयोजनाको अधिकार प्रदान गरेको संघका अध्यक्ष शेर्पाले जानकारी गराए ।

संघका अध्यक्ष शेर्पाले नेपालमा अपाङ्गमैत्री कुरा हुने भएपनि व्यवहारमा नदेखाउने प्रवृत्ति रहेको औल्याउदै अपाङ्गलाई व्यवहार र प्राथमिकतामा नल्याएकोमा दुखेसो पोखे । उनले साना क्रिकेट प्रतियोगितालाई बढी प्राथमिकता दिँदा एसिया कप जस्तो प्रतियोगितालाई राखेपले त्रिवि क्रिकेट मैदान उपलब्ध नगराउँदा हामीलाई अपहेलना महसुस भएको बताए । त्यो समयमा प्रधानमन्त्री कप आयोजना हुदैछ ।

१७ सदस्यीय नेपाली टोलीले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटिसी) र जोरपाटीमा प्रशिक्षण गरिरहेको छ । करिव १ करोड खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले १ लाख तथा दोस्रो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.