7 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पोर्ट्स सोसाइटी र बानेश्वर युनाइटेड फ्रेन्डस् भेट्रान्स कप फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।

थापाथलीस्थित बागमती नदी किनारको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले अभिषेख चर्च, रजहर नवलपुरलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
शुक्रबारै भएको अर्काे सेमिफाइनलमा बानेश्वर युनाइटेड फुटबल क्लबले इन्द्रेणी एकीकृत बिकास केन्द्र पोखरालाई २–० ले पराजित गर्दै फाइनलमा काठमाडौंसँगको भेट पक्का गरेको हो । फाइनल खेल शनिबार दिउँसो २ बजे हुने प्रतियोगिता संयोजक राजा राम तन्डुकारले जानकारी गराए ।
‘ए’ डिभिजनको फ्रेन्डस् क्लबले ग्रासरुटबाट खेलाडी उत्पादनको लागि सहयोगार्थ पहिलो भेट्रान्स प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न १२ टोलीको सहभागिता रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]