7 years ago
April 13, 2019
ललितपुर (हाम्रो खेलकुद) – बानेश्वर युनाइटेड एफसीले प्रथम फ्रेन्डस् भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कुपन्डोलस्थित बागमती नदी किनारको खेल मैदानमा शनिबार भएको उपाधि भिडन्तमा बानेश्वरले काठमाडौ स्पोर्ट्स सोसाइटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उापधि जितेको हो । निर्धारित ५० मिनेटको खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा बानेश्वरले बाजी मारेको हो ।
उपाधिसँगै बानेश्वरले १ लाख रुपैया हात पार्यो । दोस्रो भएको काठमाडौंले ५० हजारमा चित्त बुझायो । काठमाडौंका सुविन शाक्य प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैया पाए ।
काठमाडौंका सुजित केसी मिडफिल्डर, बानेश्वरका हरिहर थापाले उत्कृष्ट फरवार्ड, विजय बिक्रम शाह उत्कृष्ट डिफेन्स र अमित प्रधानले उत्कृष्ट गोलरक्षक बने । उनीहरुले समान ५–५ हजार पाए । विजयी टिम तथा खेलाडीहरुलाई लालितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जन, पुर्व सभासद मदन बहादुर अमात्यज्युलगायतले पुरस्कृत गरे ।
ग्रासरुट फुटबलको सहयोगार्थ ‘ए’ डिभिजन लिग क्लब फ्रेन्डस् क्लबले आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता २७ चैतबाट सुरु भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]