7 years ago
April 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) –नेपालमा पहिलो पटक एयिसन कप ट्राइयााथलन च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता शनिबार हुनेछ ।

नेपाल ट्राइथोलन संघले अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्राईयाथलन अन्तरगत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने बताइएको छ । पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल आईसकेका छन् भने जापानी र कोरियन खेलाडीहरु पोखरा आईपुगिसेको संघले जनाएको छ ।
दक्षिण एसियामानै पहिलो पटक हुन लागेको च्याम्पियनसिपमा सबैभन्दा बढी जापानी खेलाडीको सहभागिता रहेको छ । विश्व वरियतामा ६३ औं स्थानमा र क्षेत्रिय वरियतामा दोश्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले पनि च्याम्पियनसिपमा प्रतिस्पधा गर्ने अन्तराष्ट्रिय ट्राइयाथलन युनियनले जानकारी दिएको संघले बताएको छ ।
च्याम्पियनसिपमा पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा पुरुष तर्फ नेपलका खेलाडीहरु नितेश मानन्धर, बसन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै महिला तर्फ सोनी गुरुङ र केशरी थापा मगरले प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपाली खेलाडीका बीचमा दुवाथलनमा ५ महिला र ८ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा ट्राइयाथन र दुवाथलन तर्फ प्रतिस्पर्धा हुने छ । ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७ सय ५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ । दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।
एसियन कपकै दौरान दक्षिण एसियाली ट्राईयालन च्याम्पियनसिप पनि आयोजना हुने बताइको छ । नेपालले यस अघि छ पटक यो च्याम्यिनसिप आयोजना गरिसकेको छ । नेपालले आयोजना स्तरलाई हेरेर अन्तराष्ट्रिय महासंघले नेपाललाई एयिसन च्याम्पियनसिपको आयोजना गर्न दिइएको बताइएको छ ।
अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न अन्तराष्ट्रिय ट्राईयाथलन युनियन (आईटियु) को मान्यता लिनु पर्ने हुन्छ । नेपालले दक्षिण एसियमानै अन्य राष्ट्रमा गर्न नसकेको प्रतियोगिता लगातार दक्षिण एसिया र अब एसियन च्याम्पियनसिप आयोजना गर्ने मौका दिएको नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
प्रतियोगिताको दौरान हुने दुर्घटनालाई मध्य नजर राख्दै संघले पोखरा नगरबासी संग सहयोगको आवह्वान गरेको छ । यस प्रतियोगितामा खेल्ने खेलाडीको एक साईकलको मूल्य करिव १५ लाख सम्म पर्छ र खेलका दौरान उनिहरुले चलाउने साईकल र दौडको गति अत्याधिक रहने भएकोले सानो मात्र अवरोध पनि खेलाडीहरुका लागि ठुलो हुने भएकोले प्रतियोगिता हुने रुट गौरीघाट देखि मुस्ताङ्ख चोक सम्मको स्थानमा सवारी आवागमन र अवरोधलाई हटाउन पोखरा नगरबासी संग हामी अपिल गर्द छौं – अध्यक्ष श्रेष्ठले बताए ।
यसका लागि नेपाल पुलिस, एपिएफ, ट्राफिक र सेनाहरुसंग छलफल भईसकेको र त्यसको लागि उनिहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको संघले जनाएको छ । प्रतियोगितामा खेलाडी दुर्घटनालाई मध्यनजर राख्दै काठमाण्डौ र पोखराका स्वास्थ्यकर्मीहरुको टोली परिचालन हुने र खेलाडीहरुको पहिलो पटक खेल स्थलमानै प्रतिबन्धित औषधीको प्रयोगलाई निरुत्साहित गर्न डोपिङ्ख टेष्ट गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।
साथै च्याम्पियनसिपमा सहभागी खेलाडीको दुघटना विमा गरिएको छ । खेलका दौरान खेलाडीको मृत्यु भएमा १५ लाख र साधारण भएमा अस्पताल खर्च र औषधोपचारका लागि ५० हजारको विमा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपालले ट्राइयाथलनमा अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेको छ । तीन वर्षअघि १२ औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै नेपालले टिम स्पर्धामा रजत र रोजा के.सी.ले व्यक्तिगत तर्फ कास्य पदक जितेकी थिइन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]