गोदावरी (हाम्रो खेलकुद) – पुर्नवास नगरपालिका कञ्चनपुरलाई २–१ गोलको अन्तरले पराजित गर्दै तुलसीपुर उप महानगरपालिका प्रथम बि वाइ सी मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल सुरु भएको ५ मिनेट नबित्दै गणेश नेपालीले तुलसीपुरलाई अग्रता दिलाए । दोस्रो हाफको ४७ औं मिनेटमा लेखनाथ मगरले अग्रता दोब्बर पारे । पुनर्वासका लागि ६६ औं मिनेटमा बलबहादुर तामाङले गोल गरेपनि उक्त गोल नतिजा बदल्न पर्याप्त रहेन ।
खेलको म्यान अफ द म्याच तुलसीपुरका विनोद केसी भए । उनले ३ हजार रुपैयाँ पाए । प्रतियोगिताअन्तर्गत शनिबार सुनवल नगरपालिका नवलपरासी र लम्की चुहा नगरपालिका बिच अन्तिम क्वाटर फाईनल खेल हुनेछ ।
बनदेवी युवा क्लब तेघरीको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् ।