7 years ago
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा हुने दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ तौलसमूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब १ सय ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।

जावलाखेलस्थित डिएभी स्कुलमा पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ । प्रत्येक तौलसमूहमा शीर्ष पाँच रहने खेलाडी फाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रत्येक तौलसमूहमा पहिलो स्थान हात पार्ने खेलाडीले पुनः मिस्टर हिमालय उपाधिका लागि भिड्ने छन् ।
विजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने छ । त्यस्तै हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार जित्ने छन् । फाइनल कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हुनेछ ।
संघका अध्यक्ष श्रेष्ठले आठौं संस्करणदेखि मिस्टर हिमालयको विजेतालाई ५ लाख प्रदान गरिने घोषणा गरे । प्रतियोगितालाई काठमाडौं स्टिल कम्पनी प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजन वापत योसहित आगामी ४ संस्करणका लागि ७ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने काठमाडौं स्टिलका प्रमुख कार्यकारी अधिकृत केशवराज पोखरेलले जानकारी गराए । उनले नेपाली शारीरिक सुगठनको प्रतिष्ठित प्रतियोगिता मध्येको एक मिस्टर हिमालयसंग जोडिन पाउँदा खुशी लागेको बताए ।
ननिता वज्र फिट्नेस एवं विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जनले हरेक संस्करणका लागि नगद १ लाख आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतियोगिताकै दौरान प्रथम जुनियर पुरुष शारीरिक सुगठन, प्रथम पुरुष एथलेटिक्स फिजिक्स, दोश्रो पुरुष स्पोर्ट्स फिजिक्स तथा दोश्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता पनि हुनेछ । यो स्पर्धाको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]