default_image

7 years ago

May 2, 2019

मञ्चले भोम्जनलाई सम्झियो

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले स्वर्गीय खेलपत्रकार सुमन भोम्जनको स्मृति दिवस मनाएको छ । काठमाडौंको त्रिपुरेश्रस्थित मञ्चको केन्दीय कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी भोम्जनको स्मृति दिवस मनाएको हो ।


२०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा परि भोम्जनको निधन भएको थियो । तर, उनको शव बैशाखको १९ गते मात्र फेला परेको थियो । मञ्चको मकवानपुर जिल्ला समन्वय शाखाका अध्यक्ष समेत रहेका भोम्जन गोरखापत्र राष्ट्रिय दैनिकमा खेलकुुद ब्युरोमा कार्यरत थिए ।

हेटौंडा स्थायी घर भएका भोम्जनको शव विनाशकारी भूकम्पमा महावौद्ध स्थित डेरामा बैशाख १९ गते भेटिएको थियो । सोही दिनलाई मञ्चले स्मृति दिवस मनाउँदै आएको छ ।
कार्यक्रममा बोल्दै मञ्च कार्यसमिति सदस्य तथा गोरखापत्रकर्मी प्रजित शाक्यले फुटबल र बक्सिङमा रुचि राख्ने ब्यक्तिको रुपमा भोम्जनको सम्झना गरेका थिए ।

शाक्यले भोम्जनको योगदानलाई मञ्चले रचनात्मक कार्यक्रमगरी सम्झिरहने बताए । नेपाली राष्ट्रिय टोलीका फुटबलर रञ्जन बिष्टले स्वर्गीय भोम्जन दाईका कारण आफू फुटबल खेलाडी भएको बताए । भोम्जनका आफन्त बिष्ट हेटौडाका बासिन्दा हुन् ।

मञ्चका प्रथम उपाध्यक्ष संजिव शिल्पकारले खेलकुद पत्रकारिता र मञ्चका हरेक गतिविधिमा सदा क्रियाशिल रहने आत्मिय मित्र भोम्जनलाई आफुहरुले गुमाउनु परेको बताएका थिए । एआईसिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले भोम्जन नेपाली खेलकुदमा जुझारु युवा पत्रकार भएको स्मरण गरे ।

मञ्चका अध्यक्ष दूर्गानाथ सुवेदी (देवेन्द्र) ले भोम्जनको निधनले मञ्च र खेलकुद पत्रकारिता क्षेत्रमा ठुलो क्षति पुगेको बताए । पत्रकारिता क्षेत्रले एक उर्जावान खेल पत्रकार गुमाएको भन्दै उनले भोम्जनलाई खेलकुद क्षेत्रले सदा सम्झिरहने उल्लेख गरे । कार्यक्रममा मञ्चका सदस्यहरुले भोम्जनको तस्विरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.