7 years ago
May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण सन् २०१९ भित्र आयोजना गरिसक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले आवश्यक पूर्वाधार निर्माण गरि यो वर्ष साग आयोजना गर्ने घोषणा गरेकी हुन् । सागको आयोजक दक्षिण एसियाली ओलम्पिक काउन्सिलले यसअघि तेस्रो पटक मिति सार्दै डिसेम्बर १ देखि १० गते सम्म १३ औं साग आयोजनाको मिति घोषणा गरेको थियो ।
उनले काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आउँदो २ वर्ष भित्र सञ्चालनमा ल्याईने बताइन् । दशक भन्दा लामो समयदेखि मैदान निर्माणको काम पुरा हुन सकेको छैन । निजी क्षेत्रको अग्रसरतामा बन्ने खेल मैदान निमार्णमा सरकारले प्रोत्साहन गर्ने पनि भण्डारीले उल्लेख गरिन् ।
क्रिकेटको विकासका लागि एकेडेमी स्थापना गर्ने सरकारको लक्ष्य रहेको जनाउँदै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताइन् ।
सरकारले सबै प्रदेशमा सुविधासम्पन्न रगंशाला निर्माण गर्नुका साथै स्थानीय तहमा दीर्घकालीन महत्त्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीब्रता दिने योजनालाई नीति तथा कार्यक्रममा समेटेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]