7 years ago
May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए ।

ओभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो ।
५५ केजीमा पावर फिट्नेस एन्ड जिम, कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा नेपाल व्यायम मन्दिर, ज्याठाका डेविड बलामी, ६५ केजीमा नेपाल जिम एन्ड फिट्नेस, रुपन्देहीका श्री थापा मगर, ७० केजीमा नेपाली सेनाका रमेश कार्की र ७५ केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेस, ढल्कोका नरेश मालाकार पहिलो भएका थिए ।
उपाधिसंगै उमेशले २ लाख ५० हजार नगद पुरस्कार हात पारे । उमेशले आफ्नो तौलसमूहमा पहिलो भएवापत छुट्टै २५ हजार नगद पुरस्कार पनि हात पारे । अन्य तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।

पुरुष एथलेटिक्स फिजिकमा फिट्नेस प्लसका विश्वराम केसी पहिलो, डिभाइन फिजिकल एन्ड फिट्नेसका निशान्तमान प्रधान दोश्रो र ताहचल फिजिकल फिट्नेसका डम्बरसिंह मार्कन्ड तेश्रो भए । पुरुष जुनियर शारीरिक सुगठनमा ऐराहिटी फिट्नेस एन्ड जिमका कृष्ण महर्जन पहिलो, फिट्नेस स्टुडियोका राजु राई दोश्रो तथा डिभाइनका अंकितमान शाक्य तेश्रो बने ।
पुरुष स्पोर्ट्स फिजिकमा ग्रुभ फिट्नेसका प्रमोद राई पहिलो, पम्पिङ आइरनका सन्तोष विक दोश्रो र जिमखानाका सुखदेव कार्की तेश्रो भए । महिला एथलेटिक फिजिकमा व्यायम मन्दिरकी रजनी श्रेष्ठ पहिलो, डिभाइनकी सुजिता मानन्धर दोश्रो तथा पावर हाउसकी पूजा श्रेष्ठ तेश्रो स्थानमा रहे । चारै विधामा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । अर्को संस्करणदेखि मिस्टर हिमालय उपाधि विजेतालाई नगद ५ लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]