7 years ago
May 7, 2019
ताप्लेजुङ – साविकको विजेता नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल पुगेका छन् ।

ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
पुलिसले प्रदेश ३ लाई २५–११, २४–२५, २५–१५ र २५–१४ को सेटमा पराजित गर्यो । अब पुलिसले बुधबार हुने पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशसंग खेल्नेछ । दोस्रो क्वाटरफाइनलमा गण्डकीले टियु विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिससंगको भेट पक्का गर्यो । गण्डकीले विश्वबिद्यालय टिमलाई २५–१६, २५–११ र २५–१७ को सेटमा पराजित गर्यो ।
यस्तै आर्मीले प्रदेश २ लाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । आर्मीले प्रदेश २ लाई २५–१४,२५–१५ र २५–८ को सेटमा हरायो । अब आर्मीले फाइनल प्रवेशको लागि बुधबार एपिएफसंग खेल्नेछ । क्वाटरफाइनलमा एपिएफले प्रदेश १ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । एपिएफले प्रदेश १ लाई २५–१५,२५–१४ र २५–२० को सेटमा हरायो ।
जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७ हजार रुपैयाँ पाउने छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]