7 years ago
May 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रेस्लिङ संघको आयोजनामा एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप शनिबार हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को त्रिपुरेश्वर स्थित कभर्ड हलमा दिउँसो ३ बजेपछि सुरु हुने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने छ । नेपालका रेस्लर नुवाकोट टाईगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान र दिलाशले प्रतिस्पर्धा गर्ने बताइएको छ। चीनका बेम्बो क्रुसर, दा बाई, ब्ल्याक मम्मा छन् ।
हङकङबाट के मनी, अमेरिकाबाट विग सामको सहभागिता रहने छ । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । प्रतियोगितामा दुईओटा बेल्ट विजेता घोषणा गरिने आयोजकले जनाएको छ। जसमा बेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियन वेल्ट रहेका छन् ।
खेल हेर्नको लागि १ हजार,५ सय र १२ वर्ष भन्दा मुनिका बालबालिकाको लागि २ सय रुपैयाँ टिकट शुल्क लाग्नेछ । प्रतियोगितामा एक,ट्याग टिम,टु भर्सेस टु,वे कर्नर,रोपन एण्ड कर्नरका विधामा प्रतिस्पर्धा हुने छ । यो प्रतियोगिता आयोजना गर्न संघले ४५ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ । पत्रकार सम्मेलनमै रेस्लहरुको हानाहान समेत भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]