default_image

7 years ago

May 29, 2019

खेलकुद बजेट घट्यो

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजन गरेको बजेटमा खेलकुद क्षेत्रको बजेट घट्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेटमा यस चालु आर्थिक वर्षको लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोडको बजेट विनियोजन गरेका हुन् । जुन गत आर्थिक वर्षभन्दा झन्डै १९ करोडले कम हो । अघिल्लो वर्ष सरकारले युवा तथा खेलकुद क्षेत्रमा ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

चालु आर्थिक वर्षको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेटमध्ये युवा तथा खेलकुदको बजेट समग्रमा ०.२६ प्रतिशत हो । यस चालु आर्थिक वर्षको बजेटमा क्रिकेट नै उच्च प्राथमिकतामा परेको छ । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित १० करोड रुपैयाँ विनियोजन गरेको छ । निजी क्षेत्रबाट हुने क्रिकेट प्रतियोगितालाई प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । यस्तै सरकारले पहिलो पटक क्रिकेट एकेडेमी बनाउन पनि बजेट छुट्याएको छ ।

आगामी आवमा सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद परिषद बनाउन बजेट छुट्याएको छ । यस्तै प्रत्येक प्रदेशमा रंगशाला निर्माण, सवै स्थानिय तहमा खेल ग्राम निर्माणका लागि पनि बजेट छुट्याएको छ । यस्तै बजेटमा एक विद्यालय एक खेलकुद शिक्षक नियुक्त गर्न ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।

सरकारले आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलुकद र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याएको छ । गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेटमध्ये एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र आठौं खेलकुद प्रतियोगिताका लागि २ अर्ब ४ करोड बजेट थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.