7 years ago
May 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बुका सुमन कुलङले पुरुष र सुनमाया बुढाले महिलातर्फको तेन्जिङ हिलारी एभरेस्ट म्याराथन उपाधि जितेका छन् ।

६६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दुरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पुरा गरे । १७ औं एभरेष्ट म्याराथनमा महिलातर्फ सुनमायाले ५ घण्टा तीन मिनेट ४ सेकेण्डमा पुरा गरिन् ।
रोजिना भण्डारी ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र हुमी बुढामगर ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पार गर्दै तेस्रो भए । पुरुषतर्फ कपिलदेव बुढा निर्धारित दुरी ३ घण्टा ५६ मिनेटमा पार गर्दै दोस्रो र रामकुमार राजभण्डारी ३ घण्टा ५८ मिनेटमा पार गर्दै तेस्रो भए ।
महिला र पुरुष दुवै प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार हात पारे । स्ट्रिम अल्ट्रा एभरेष्ट म्यारथनको उपाधि किरण कुलुङले हात पारेका छन् ।
किरणले ७ घण्टा १० मिनेट १९ सेकेण्डमा पुरा गरेर उपाधि जितेका हुन् । दोस्रो भएका अर्जुन कुलुङले ७ घण्टा १४ मिनेट १५ सेकेण्डमा दौड पुरा गरे । ७ घण्टा २७ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै पुर्ण तामाङ तेश्रो भए । विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]