default_image

7 years ago

June 3, 2019

खगेन्द्रलाई अन्नपुर्ण म्याराथन उपाधि

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आर्मीका खगेन्द्र भाट दोस्रो अन्नपूर्ण म्याराथनको च्याम्पियन बनेको छन् । सोमबार भएको म्याराथनमा खगेन्द्रले अघिल्लो संस्करणको विजेता आर्मीकै हरि कुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । गोपाल तामाङ तेस्रो र सचिन गुरुङ चौथो भए ।

४२ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरुवात भएर माछापुच्छ्रे आधारशिविर हुँदै वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय उचाइमा रहेको घान्द्रुकमा पुगेर समापन भएको हो ।

आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा सहआयोजक अन्नपूर्ण काठमाण्डौ समाजले संयुक्त रुपमा आयोजना गरेको म्याराथन प्रतियोगिताको विजेताले उपाधिसँगै खगेन्द्रले १ लाख ५ हजार पुरस्कार रुपैयाँ प्राप्त गरे दोस्रो भएको हरिले ७५ हजार रुपैया पाए ।

तेस्रोले ५५ हजार र चौथोले ११ हजार रुपैया पाए । विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नगद र शिलड प्रदान गरे ।
म्याराथनमा ५६ जना नेपाली तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.