7 years ago
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद )– दुई महिनापछि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी ) एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ ।

नेपाल भलिबल संघले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि वाणिज्य महासंघले ४० लाख रुपैयाँ प्रदान गरेको हो । महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले संघका अध्यक्ष मनोरञ्जन रमण शर्मालाई चेक हस्तान्तरण गर ।
श्रेष्ठले प्रतियोगिताका लागि महासंघले अन्य सहयोग गर्ने प्रतिबद्दता पनि जनाएका छन् । भलिबल खेलको विकासका लागि व्यवसायिकता पनि आबश्यक रहेको आफुहरुले सहयोग गरेको श्रेष्ठले बताए । यस्तै अनल ज्योती विद्यालयको तर्फबाट प्रधानाध्यापक ज्योती केसीले १ लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् ।
सोही अवसरमा ढोरपाटन भलिबल क्लबले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रतियोगिताका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न एभीसीले खेल सामाग्री सहयोग गर्नेछ भने आर्थिक पाटो सघंले नै व्यवस्थापन गर्नुपर्नेछ ।
साउन ३२ देखि भदौ ८ सम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित बगंलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गीस्तान, तुर्कमिनिस्तान, उज्वेकिस्तान गरि ७ देशले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीलाई २ समुहमा विभाजन गरिनेछ । समुहका शिर्ष २ टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन् । प्रतियोगिताका लागि टोलीले आइतबारबाट प्रशिक्षण सुरु गर्ने महासचिव चन्दले बताए । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहल अथवा लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुने महासचिव चन्दले जानकारी दिए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]