default_image

7 years ago

June 10, 2019

प्रधानसेनापति भलिबल फाइनलः आर्मी कि गण्डकी ?

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज सोमबार हुँदैछ । फाइनलमा घरेलु तथा यसअघिको तीन संस्करणको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा अपरान्ह ४ बजेपछि शुरु हुने आयोजक नेपाली सेनाले जनाएको छ । गतवर्ष पनि यि दुई टोलीले फाइनल खेल खेलेको थियो । जसमा आर्मी विजयी भएको थियो ।

सेनाले यसअघि टाइसिटमा २६ गते आइतबारलाई फाइनल खेल तय भएपनि प्राविधिक कारण एक दिन पछि सारेको हो । आर्मी समुह ‘क’ बाट तथा गण्डकी समूह ‘ख’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पग्न सफल भएको थियो ।

तर, सेमिफाइनलमा दुवै टोलीले समूह विजेता पुलिस र एपीएफलाई पन्छाउदै फाइनलमा पुग्न सफल भएको थियो । पुलिसले एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रा स्थान हात पारिसकेको छ ।

आयोजक आर्मी लगातार चौथो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । आर्मीले सेमिफाइनलमा उपाधिको दावेदार तथा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

आर्मीले पछिल्लो एक वर्षमा आर्मीले पुलिससँग ६ फाइनल खेल्दा सबैमा पराजित भएको थियो । यसपटक सेमिफाइनलमै भेट भएको आर्मीले पुलिससँगको हारको श्रृंखलालाई तोड्दै फाइनलसम्म पुग्न सफल भएको थियो । त्यही उच्च प्रदर्शन आर्मी गण्डकीविरुद्धको फाइनलमा दोहो¥याउने लक्ष्यमा हुनेछ ।

आर्मीसँग स्टार स्पाइकर मानबहादुर श्रेष्ठ टोलीमा फर्किएका छन् । उनी दुई प्रतियोगिताको प्रतिबन्धपछि टोलीमा फर्किएका हुन् । यस्तै मिसनबाट फर्किएको हरिहजुर थापाले पनि उच्च प्रदर्शन गरिरहेका छन् । हरि अधिकारी, धन बहादुर भट्ट क्षेत्री, भैरव वम, नरेन्द्र गिरी जस्ता नाम चलेका खेलाडीको साथ आर्मीलाई रहेको छ ।

यता, दोस्रोपटक फाइनल पुगेको गण्डकी आर्मीलाई स्तब्ध बनाएर उपाधि जित्ने योजनासहित कोर्टमा मैदान उत्रनेछ । युवा खेलाडीको बाहुल्यता रहेको गण्डकीले सेमिफाइनलमा विभागीय नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष फाइनलमा पुग्न सफल भएको थियो ।

गण्डकी यसपटक अघिल्लो संस्करणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ । सन्जुविक्रम शाहको कप्तानीमा रहेको गण्डकीसँग हरि पाण्डेको साथ रहेको छ । यस्तै युवा खेलाडीहरु योकेन्द्र गुरुङ, याम क्षेत्री, कमल सुनार, राजन दर्लामी मगर र सुजन चोखालको साथ रहेको छ । उनीहरुले यो प्रतियोगितमा निकै उच्च प्रदर्शन गरिरहेका छन् ।

दुवै टोलीमा स्टार खेलाडीहरुर रहेकाले फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै उप विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले ७५ हजार हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

१९ जेठबाट लिग कम नकआउटको आधारमा शुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीले प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.