7 years ago
June 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब लगातार चौथो पटक प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

लगनखेलस्थित घरेलु कोर्टमा सोमबार भएको फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । १६-२५, २५-८, २५-१० र २५-१६ लेहाफ्नाे पक्षमा पार्दै उपाधि रक्षा गरेकाे हो ।

उपाधिसँगै आर्मीले ३ लाख रुपैया हात प्राप्त ग¥यो । दोस्रो भएको गण्डकीले १ लाख ५० हजार रुपैयमा चिक्त बुझायो । तेस्रो भएको पुलिसले ७५ हजार हात पार्याे । बिजयी खेलाडीहरुलाई प्रधानसेनापति पुर्णचन्द्र थापा लगायतले पुरस्कृत गरे ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]