6 years ago
June 14, 2019
नुवाकोट (हाम्रो खेलकुद)- उपाधिको दावेदार होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले शुक्रबार दोहोरो जित निकाल्दै एक खेल अगावै प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा डायमन्डले शुक्रबार सिन्धुपाल्चोक भलिबल टिम र विभागीय नेपाल पुलिस क्लबमाथि समान ३–० को सहज जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो ।
अब डायमन्डले आयोजक विदुर नगरपालिकालाई पराजित गरे समूह विजेता बन्नेछ । विदुर नगरपालिकाको आयोजना, जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा शुक्रबार भएको पहिलो खेलमा डायमन्डले सिन्धुपाल्चोकमाथि २५–३, २५–७ र २५–३ को सहज जित निकाल्दा दोस्रो खेलमा पुलिसलाई २५–१८, २५–१३ र २५–२२ को सहज जित निकाल्यो ।
यो समूहको अर्काे खेलमा आयोजक विदुर नगरपालिकाले सिन्धुपाल्चोकलाई २५–१०, २५–७ र २५–१३ ले हरायो । समूह ‘बी’ मा विभागीय त्रिभुवन आर्मी क्लबले पारामाउन्ट स्कुलमाथि ३–१ को जित निकाल्दै विजयी शुरुवात गरेको छ । आर्मीले पहिलो सेट २५–१४ ले सहजै जितेपनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट आर्मीले २५–१८ र २५–१० ले आफ्नो पक्षमा बनायो ।
प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा आयोजक विदुर नगरपालिका, नेपाल पुलिस क्लब, सिन्धुपाल्चोक र होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी रहेका छन् ।
पोल ‘बी एपीएफ, त्रिभुवन आर्मी क्लब र पारामाउन्ट स्कुल रहेका छन् । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रोले ४० हजार रुपैया हात पार्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार पाउने नुवाकोट भलिवल संघका अध्यक्ष सुवास पाण्डेले जानकारी गराए । प्रतियोगिता आगामी असार २ गतेसम्म संचालन हुनेछ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]