6 years ago
June 17, 2019
नुवाकाेट (हाम्राे खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।

विदुर नगरपालिका वडा नम्वर १ काे काेलनीकाे भलिबल काेर्टमा भएकाे फाइनलमा एपीएफले हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे ।

एक पक्षीय खेलमा एपीएफले २५-२१, २५-२० र २५-१२ काे सहज जित निकाल्याे । उपाधिसँगै एपीएफले १ लाख ७५ हजार रुपैया हात पार्याे। दाेस्राे भएकाे डायमन्डले ७५ हजारमा चित्त बुझायाे ।
तेस्राे भएकाे आर्मीले ४० हजार रुपैया हात पार्याे । एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ५ हजार रुपैया हात पारिन् ।
व्यक्तिगत विधातर्फ डायमन्डकी प्रतिभा माली वेस्ट स्पाइकर र सलिना श्रेष्ठले बेस्ट डिफेन्डर बनिन् । एपीएफकी कप्तान विनिता बुढाथोकी बेस्टर सेटर र आर्मीकी मनिषा खाँड बेस्ट ब्लकर घोषित भइन् । उनीहरुले समान ३ हजार रुपैया पाए ।
विजयी टोली तथा खेलाडीहरुलाई सांसद रामकुमारी झाक्री, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, उपमेयर गीता कुमारी दाहाल, राखेप सदस्य इन्दिरा निरौला उपाध्यय, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला सम्नवय समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव कुमार पोखेरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानलगायतले पुरस्कृत गरे ।
जेठ ३० गतेबाट शुरु भएकाे प्रतियाेगितामा विभिन्न ७ टाेलीले प्रतिस्पर्धा गरेका थिए ।



December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]