6 years ago
June 20, 2019
पोखरा (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले कर्णाली प्रदेश ‘बी’ लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
पुलिसका चन्द« कुंवर र तोरण चन्दको जोडीले पुरुषतर्फको स्पर्धामा चन्द« र तोरणको जोडीले एपीएफका महेन्द« श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गरे ।
गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका धुव्र केसी र प्रकाश कटुवालको जोडलिाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो ।
महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउंदै विजयी सुरुवात गरेका छन् ।
महिलातर्फ नै एपीएफका विनिता बूढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अन्जना बुढाथोकीको जोडीलाई २१–१३ र २१–५ तथा आर्मीकी मनिषा खाड र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३ र २१–६ ले हराए ।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूष्प कमल दाहालले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
असार ७ गते सम्म संचालन हुने प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरि ३१ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक/एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई/दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए ।
विजेता महिला तथा पुरुष टोलीले समान नगद ३०–३० हजार प्राप्त गर्नेछन् । द्वितीय हुनेले २०–२० हजार तथा तेस्रो हुने टोलीले १०–१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३–३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]