6 years ago
June 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड इन एसोसिएसन विथ एक्सन स्पोर्टस् एचडी पावर्ड बाई गोल्ड स्टारमा होटल क्राउन प्लाजा सह प्रायोजकका रुपमा आबद्ध भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र होटल क्राउन प्लाजाबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको छ ।

क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठ र मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सह–प्रायोजन अवधि एक बर्षको रहनेछ बताइएको छ । सम्झौता अनुसार क्राउन प्लाजाले अवार्ड कार्यक्रम र मञ्चका लागि आवास र भोजनको व्यवस्था गर्नेछ ।
खेलका माध्यमबाट देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने अवार्ड मंगलबार नेपाल प्रज्ञा भवन कमलादीमा आयोजना हुँदैछ ।
सम्झौतापछि क्राउन प्लाजाको प्रबन्ध निर्देशक श्रेष्ठले अनौपचारिक रुपमा मञ्च र अवार्डसंग लामो सहकार्य गर्दै आएको स्मरण गर्दै अहिले औपचारिक रुपमा जोडिन पाउँदा खुसी लागेको बताए । मञ्चका अध्यक्ष सुवेदीले खेलकुद क्षेत्रसंग जोडिदै आएको क्राउन प्लाजा अवार्डसंग औपचारिक रुपमा जोडिनु सुखद पक्ष भएको बताए ।
१६ औं संस्करणको अवार्डको तयारी अन्तिम चरणमा पुगेको मञ्चले जनाएको छ । अवार्डका विभिन्न ५ विधाको मनोनयन समेत सार्वजनिक भइसकेको छ । उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।
अवार्डमा लाइभ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड, पारा एथलिट अवार्ड, टिम अफ दी इएर र अन्तर्राष्ट्रिय पत्रकारलाई दिने अवार्डको त्यहि दिन घोषणा हुनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने आयोजकले जनाएको छ ।
हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि मुख्य प्रायोजन रहेको अवार्डमा मुख्य सहप्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार पावर्ड बाई र अर्को मुख्य सह प्रायोजकको रुपमा डिस मियडा नेटवर्कको एक्सन स्पोर्टस एचडी पावर्ड बाई रहेको छ । अवार्डको प्रत्यक्ष प्रसारण विगतमा जस्तै एभिन्यूज टेलिभिजनबाट हुने छ ।
त्यस्तै सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालि, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स होलट क्राउन प्लाजा, साहस स्पोर्टस र इमेजिङ अवार्डको सह प्रायोजक रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटिले पनि अवार्डलाई लामो समयदेखि सहयोग गर्दै आएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]