default_image

6 years ago

June 27, 2019

आर्मीको भलिबल प्रशिक्षकबाट श्रेष्ठको राजीनामा

177 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

वरिष्ठ भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठले त्रिभुवन आर्मी क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक समेत रहि सकेका श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै पदबाट दिएको राजनीनामालाई सेनाले स्वीकृति गरेको हो ।

भलिबलका वरिष्ठ प्रशिक्षक कपिल किशोर श्रेष्ठ ।

‘उहाँले व्यक्तिगत कारण देखाउँदै इमेलमार्फत राजीनामा दिनुभएको थियो ,’ सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति शशीकिरण रायमाझीले भने,‘ हामीले आफ्नो प्रक्रिया पुरा गरेर बुधबार राजीनामा स्वीकृत गरेका छौं ।’

प्रशिक्षण जीवन लामो भएकाले आरामका लागि राजीनामा गरेको श्रेष्ठले हाम्रो खेलकुद डटकमलाई बताए । ‘मैले प्रधानसेनापति कप अघि नै टोलीलाई भनेको थिए । यो मेरो अन्तिम प्रतियोगिता हो । बिदाइ राम्रो होस् भनेको थिए,’ उनले भने,‘त्यहि अनुसार टोलीले सफलता पनि प्राप्त गर्यो । अहिले राजीनामा पनि स्वीकृत भएको छ । ’

केन्द्रपति रायमाझीले सेनाले श्रेष्ठको पछिल्लो कार्यकाललाई सफल मानेको बताए । ‘उहाँ आफ्नो कामप्रति एकदमै प्रतिबद्ध पाएका थियौं,’ उनले भने,‘उहाँको कार्यकालमा हाम्रो दुवै टोली पुरुष र महिला टोलीको नतिजा पनि राम्रो आयो ।’ श्रेष्ठले दोस्रो पटक आर्मी टोली सम्हालेका थिए । त्यसअघि उनले नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

दोस्रो पटक झन्डै दुई वर्ष टोलीलाई प्रशिक्षण दिएर छोड्दा सन्तोष लागेको श्रेष्ठले सुनाए । ‘आर्मीको महिला टोलीले निकै प्रगति गरेको छ । सधै तल रहने टोलीले आठौं राष्ट्रिय खेलकुदमा तेस्रो स्थान प्राप्त गर्यो,’ २०७२ मा राष्ट्रिय खेलकुद परिषद्(राखेप) बाट प्रथम श्रेणीको प्रशिक्षकबाट अवकाश पाएका उनले भने,‘पुरुष टोलीको गत वर्ष प्रदर्शन निकै राम्रो रह्यो । समग्रतामा भन्नुपर्दा म पछिल्लो परिणामबाट खुसी छु ।’

श्रेष्ठले अहिले राष्ट्रिय टोलीको प्रशिक्षणमा आर्मीका १० पुरुष र ६ महिला खेलाडी छनोट हुनुमा गर्व लागेको पनि बताए । ‘हामीले अरुले भन्दा उपाधि कम जितेका हौला, तर समग्र प्रदर्शनमा आर्मीका खेलाडीको प्रदर्शन राम्रो भएर नै पुरुष र महिला दुवैतर्फ आर्मीका खेलाडी बढी छनोट भए,’ ६२ वर्षे उनले खुसी हुँदै भने,‘एउटा प्रशिक्षकका लागि त्यो सन्तोषजनक विषय हो ।’

क्लब प्रशिक्षणबाट विश्राम लिएपनि भलिबलमा कुनै न कुनै रुपमा भने आफु सक्रिय रहने श्रेष्ठले बताए । ‘३६ वर्षदेखि भलिबल प्रशिक्षणमा छु । यसबाट अलग हुने त प्रश्न आउँदैन,’ उनले थपे,‘ तर अब क्लबमा सक्रिय भने हुन्न । अर्को कुनै रुपमा सक्रिय रहन्छु ।’

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.